नुवाकोट /
काठमाडौंमा मोटरसाइकल दुर्घटना हुँदा नुवाकोटका एक युवकले ज्यान गुमाएका छन् । गोकर्णेश्वर नगरपालिका -५ नयाँबस्तीमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको हो।

ज्यान गुमाउनेमा पञ्चकन्या गाउँपालिका -५ भद्रुटार चुहानडाडाका ३० वर्षिय गोपाल सुनार रहेका छन् ।सुनार चढेको बा.३३ प १४३६ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको प्रहरी वृत्त बौद्धका प्रहरी निरीक्षक जीवराज थापाले बताए।

शनिबार बिहान ४:५० बजे भएको घटनामा सख्त घाइते सुनारको प्रहरीले उद्धार गरि शिक्षण अस्पताल महाराजगन्जमा पुर्याएको थियो ।सुनारको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय