धादिङ/
जिल्लाको नीलकण्ठ – १४ धुवाँकोट माने भञ्ज्याङमा सोनाम ल्होछार मनाइने भएको छ। जनआवाज खेल मैदानमा माघ २७ गते बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यतामा २८६० औँ डुक ल्हो सोनाम ल्होछार तथा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको हो ।
जनआवाज युवा क्लवको आयोजनामा हुने उक्त ल्होछार कार्यक्रममा चर्चित म्हेन्दोमाया गायक गायिका रमला पाख्रिन, सीता लामा, आरम्भ तामाङ,राम गुरुङ आउने छन् भने दुरग्रेनमार्फा गुरुङ, अनुलामा, समिर घिसिङ, ननिता हिमरुङ लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले बताएको छ ।


स्थानीय लामा तथा झाँक्री नाचहरु घोडा नाँच, चेमा नाँच, लाली नाँच प्रर्दशनी सँगै बृहत सांस्कृतिक कार्यक्रमहरु हुनेछन।
कार्यक्रमको उद्घाटन दिउँसो २ बजे हुने आयोजकले बताएका छन् ।
