नुवाकोट /
लामो समय देखि म्हेन्दोमाया गीत संगितमा लागिरहनु भएका गायिका माया थोकर तामाङले यस यश पटक भने आफ्नै एकल एल्बम ” नुवाकोट ल जामे ङ ” बोलको गीत म्युजिक भिडियो सहित बजार ल्याएको छ ।
जसमा गायिका आफैं मोडलिङको रूपमा देखिएको छिन् भने उहाँलाई गणेश ब्लेन्थेनले साथ दिएको छ। गणेश ब्लेन्थेन हरेक सामाजिक कार्यहरु देखि राजनीति क्षेत्र अनि सामाजिक संजालमा निक्कै चासो र सबैले रुचाएको ब्यक्ति रहेको हुनाले उहाँको यो म्युजिक भिडियोले पनि चर्चाको शिखरमा पुग्ने आशा पनि राखेको देखिन्छ।


गीतमा चर्चित गायक तथा सिर्जनाकार चिजा लामाको सब्द सगिंत रहेको छ भने एरेन्जर डिका गुरुङ, मिक्सिङ राजु खड्का, क्यामेरामा देब दोर्जे लामा, ड्रोन टर्जन लिम्बु , इडिट कलर जोन राई र मेकाअपमा शंकर बरालले साथ दिएको छ।
