नुवाकोट /
जिल्लाको म्यागङ गाउँपालिकामा मेन्दोमाया तथा साइकोले प्रतियोगिताको उद्घाटन गरिएको छ। म्यागङ गाउँपालिकाको आयोजनमा शुरु भएको हो।


उक्त प्रतियोगिताको सभापतित्व प्रमुख प्रशासकिय अधिकृत रमेश सिङ्दानको रहेको थियो भने उद्घाटन पालिका अध्यक्ष आशा तामाङले दिप प्रज्ज्वनका साथै ब्यानर खोलेर गरेका थिए।
३ दिनसम्म चल्ने उक्त प्रतियोगितामा २० समुहको सहभागीता रहेको छ।
उक्त प्रतियोगितामा प्रथम हुने समुहले ५० हजार नगद र डम्फु, दोस्रो हुने समुहले २५ हजार नगद र डम्फु तथा तृतीय हुने समुहले १० हजार नगद र डम्फु प्राप्त गर्नेछन।



