नुवाकोट /
जिल्लाको म्यागङ गाउँपालिकामा यहि मंसिर २७ गतेदेखि रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ। यहि मंसिर २७ गते उद्घाटन हुने उक्त प्रतियोगिता ३ दिनसम्म चल्नेछ।
राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत महिला तथा पुरुष भलिवल, कराते र एथ्लेटिक्सका खेलहरु हुनेछन्।
प्रतियोगितामा १८ वर्ष मुनिका कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुले सहभागिता जनाउन पाउनेछन्। प्रतियोगिता म्यागङ गाउँपालिका वडा नम्बर ५ सामरी स्थित ग्रामसेवा माध्यमिक विद्यालय र कल्लाबारी खेल मैदानमा सन्चालन हुनेछ।