नुवाकोट /
जिल्लाको म्यागङ गाउँपालिका -४ किम्ताङमा लालिगुराँस फुलको बिरुवा रोपिएको छ। आज शनिबारको दिन तक्पा गङ मेन्जेत कुङ्कर गङ क्षेत्रमा उक्त फुलको वृक्षरोपण गरिएको हो।
उक्त वृक्षरोपण कार्यक्रममा म्यागङ गाउँपालिका तरुण दल अध्यक्ष अरुण तामाङ बागमती प्रदेशका सदस्य बुद्धिराज तामाङ ,बन अध्यक्ष गंगा तामाङ, जनप्रतिनिधि निङमर तामाङ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेक माया तामाङ लगायत ६५/७० जना स्थानीयको सहभागीता रहेको थियो।