बागमती प्रदेश सरकारद्वारा सवारीसाधनको भाडा समायोजन

ताजा समाचार समाचार

नुवाकोट /
बागमती प्रदेश सरकारले प्रदेशभर चल्ने सार्वजनिक सवारी साधानको भाडा समायोजन गरेको छ। पेट्रोलियम पदार्थको मूल्य घटेपछि सङ्घीय सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा दर घटाएको एक सातापछि प्रदेश सरकारले भाडा दर घटाउने निणर्य गरेको हो।

प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले करिब पाँच प्रतिशतका दरले प्रदेशभित्र अन्तर स्थानीय तह चल्ने सार्वजनिक सवारी साधनको भाडादर घटाएको छ।

मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलले हिजो बसेको भाडा निर्धारण समायोजन सिफारिस समितिको बैठकले भाडा दर समायोजन गर्ने निणर्य गरेको जानकारी दिए।उनका अनुसार आज घटाइएको भाडादर लागू हुनेछ।

काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सिटी बसमा हाल रहेको भाडा दरमा आजबाट लागू हुने गरी ५ं दशमलव ९ प्रतिशत घट्ने छ।

यस्तै बागमती प्रदेशभित्र अन्तर पालिका चल्ने मालवाहक सवारी साधनमा ५ दशमलव ६९ र यात्रुवाहक बसमा ४ दशमलव १८ प्रतिशतले भाडा दर घटाउने निणर्य मन्त्रालयले गरेको छ।यसअघि बागमती प्रदेशको मन्त्री स्तरीय निणर्यअनुसार गत वर्षको साउन ५ गते नयाँ भाडा दर कायम गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *