संखुवासभामा सिम्रीक एयरको हेलिकप्टर दुर्घटना

ताजा समाचार समाचार

संखुवासभा/
जिल्लाको भोटखोलामा हेलिकप्टर दुर्घटना भएको छ। अरुण तेस्रोको सामान लिएर गएको सिम्रिक एयरको हेलि दुर्घटनामा परेको बताइएको छ।

हेलिकप्टर भोटखोला गाउँपालिका-४ सिब्रुङमा दुर्घटना भएको गाउँपालिका उपाध्यक्ष सहना लामाले नेपाल प्रेसलाई जानकारी दिइन्।

‘हामी योजना अनुगमनको क्रममा थियौं। वारीबाट रातो हेलि गुडुङगुडुङ आवाज गर्दै झरेको देख्यौं ।फोनको टावर राम्रो छैन ।थप बुझ्ने प्रयास भइरहेको छ’, उनले भनिन् ।

संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीका अनुसार हेलिकप्टर दुर्घटनामा परेको खबर प्रहरी-प्रशासनलाई प्राप्त भएको छ। उनले त्यसतर्फ प्रहरी परिचालन गरिएको जानकारी दिए।

‘स्थानीयले हामीलाई खबर गरेका छन् । प्रहरी त्यसतर्फ पठाएका छौं ।विस्तृत विवरण केहीबेरमा आउला ।’

उक्त क्षेत्र अत्यन्तै विकट भएको र मोबाइल नेटवर्क पनि राम्रो नभएकाले विस्तृत विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *