बागमती प्रदेश सरकारले आफ्नै सूचना संयन्त्र बनाउने

समाचार

नुवाकोट /
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठले प्रदेश सरकारले आफ्नै सूचना संयन्त्र बनाउने बताएको छ ।

सरकारी सूचना र सन्देशहरुलाई व्यवस्थित गर्नकालागि बागमती प्रदेश सरकारले ‘सूचना वैंक’ बनाउने र सोही मार्फत सूचना प्रवाह गर्ने बताए।

सञ्चार रजिस्ट्रारको कार्यालयले काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको डेटा ड्रिभन पत्रकारिता तालिमको समापन समारोहमा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएको हो।

प्रदेश सरकारले संघीय सरकारको राष्ट्रिय समाचार समिति (रासस) जस्तै सरकारी न्यूज एजेन्सि निर्माण गर्ने र त्यसको नाम बागमती प्रदेश सूचना वैंक हुने उहाँले जानकारी दिए।

मन्त्री श्रेष्ठका अनुसार बागमती प्रदेश सरकारले प्रदेश राजधानी हेटौंडामा समाचार डेस्क स्थापना गर्ने र १३ वटै जिल्लामा आधिकारिक सूचना अधिकारी नियुक्त गरेर सूचनालाई व्यवस्थित गरिने छ ।मन्त्री श्रेष्ठले प्रेस जगतको नियमन जरुरी भए पनि अकंशु लगाउने काम नहुने स्पस्ट पार्नुभयो। यसअघि प्रदेश सरकारमा प्रेसलाई अंकुश लगाउने गरी बनेको कानूनको संशोधन गरिएको भन्दै उहाँले बर्तमान सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिवद्ध रहेको बताए। सञ्चार क्षेत्रलाई अघि बढाउन प्रदेश सरकार लागि परेको उहाँको भनाई छ।

सञ्चार रजिस्ट्रारको कार्यालयले आयोजना गरेको तालिममा २२ जना पत्रकारहरुको सहभागिता रहेको थियो। सञ्चार रजिस्ट्रार रेवतीप्रसाद सापकोटाले बागमती प्रदेशको पत्रकारिताको गुणस्तर बद्धिकालागि तालिमको आयोजना गरिएको जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *