नुवाकोट /
शान्तिको अग्रदुत एसियाको तारा भगवान गौतम बुद्धको हामी सबैले सम्मान तथा संरक्षण गरौं भन्ने मूल नाराका साथ त्रिशुली समाज युएई नेपालआदिवासी जनजाति युवा महासंघ यूएई तामाङ समाज युएई काभ्रे सेवा समाज युएईको संयुक्त आयोजनामा २५६७ औं बुद्ध जयन्ती यूएईमा विशेष कर्यक्रम गरी मनाउने भएको छ ।

गत अप्रिल २ मा दुबईको नेपाली पार्कमा बसेको बैठकले बुद्धजयन्ती कार्यक्रम मनाउने निर्णय गरेको थियो उक्त बैठकमा चार संघसंस्थाका प्रमुख तथा पदाधिकारीहरु विच बृहत छलफल गरी ३० अप्रिल २०२३ मा संयुक्तरुपमा आयोजना गर्ने घोषणा गरिएको थियो साथै बैठकमा कार्यक्रमको कार्य विभाजन समेत गरिएको बताइएको छ।

वैदेशिक रोजगारीको सिलसिलामा यूएई लाई आफ्नो कर्म थलो बनाउँदै आएका नेपाली युवाहरु एक मुष्टका साथ समग्र बौद्ध धर्म लम्बी हरूको हित तथा विश्वशान्तिको कामना गर्दै सिदार्थ गौतम बुद्ध जयन्ती मनाउने तयारीमा जुटेका छन्।

२५६७ औं बुद्ध जयन्तीको पावन अवसरमा श्रद्धेय बौद्ध धर्म गुरू लामा द्वारा प्रवचन बिशेष पुजापाठ तथा सास्कृतिक कार्यक्रम गरी मनाउने कार्यक्रम संयोजक तथा त्रिशुली समाज युएईका अध्यक्ष लोकेन्द्र तामाङले जानकारी दिए ।

कार्यक्रममा बौद्ध धर्म गुरु लामा द्वारा विषेश पुजापाठ प्रवचन गर्दै कला संस्कृति जगेर्ना गर्ने उद्देश्यका साथ नेपालबाट अतिथि कलाकार संगितकार तथा बहुचर्चित गायकद्वय फुल कुमार बन्जन सांगीतिक कोशिली लिएर दुबई आउने पक्का भएको छ।

साथै कार्यक्रममा दर्जनौ स्थानिय कलाकारहरूको समेत बेजोड प्रस्तुति रहने आयोजक समितिले जानकारी दिएको छ । कार्यक्रमलाई सब्य भब्य रुपमा सफल बनाउन युएईमा रहनु भएका नेपाली दाजभाइ दिदीबहनी विभिन्न संघ सस्था तथा मिडियाकर्मी सम्पूर्ण बौद्ध धर्मावलम्बीहरुमा उपस्थितिको लागि हार्दिक निमन्त्रणा सहित आयोजक टिमले अनुरोध गरेको छ।

atOptions = { 'key' : 'f9917186bd0575514f4e39cc9f88ea24', 'format' : 'iframe', 'height' : 60, 'width' : 468, 'params' : {} };

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x