नुवाकोट /
जिल्लाको म्यागङ -४ किम्ताङमा नेपाल अहिंसावादी बौद्ध धर्म विश्व शान्ति चक्र संघ किम्ताङ गाउँ इकाई समिति गठन गरिएको छ। ५ वटा गुम्बाबाट ७/७ जना छनैाट गरी ३५ जनाको मुल गाउँ इकाई समिति गठन गरिएको हो।

केन्द्रिय सहअध्यक्ष दावा लामा ज्यूको उपस्थितिमा उक्त समिती गठन गरिएको हो।

गाउँ इकाई समिति अध्यक्ष साङक देछेलिङ बौद्ध गुम्बाका व्यवस्थापन समितिका अध्यक्ष बल बहादुर तामाङ, उपाध्यक्ष साङ्ग्ये होइशेर मणि वाङफेलिङ बैाध्द गु्म्बाका महिला मणिपा संघका ङिमा डोल्मा, सचिव प्रुम्थाङ गुम्बा व्यवस्थापन समिति सदस्य मेक माया तामाङ, कोषाध्यक्ष हिस्से देछेलिङ बैाध्द गुम्बा व्यवस्थापन समिति अध्यक्ष प्रताप बहादुर तामाङ, सहसचिब मोइतेत गुम्बा व्यवस्थापन समितिका सचिव कुल्साङ तामाङ, सहकोषाध्यक्ष साङ्ग्ये होइशेर मणि वाङफेलिङ बैाध्द गु्म्बाका युवा संघ अध्यक्ष सूर्य बहादुर तामाङ चयन गरी सम्पूर्ण गुम्बाका प्रमुख लामाहरु, गुम्बा व्यवस्थापन समितिका अध्यक्षहरु, गुम्बा गुम्बाको जनवर्गीय संगठनहरुलाई समेटिएर मुल गाउँ इकाई समिति गठन गर्यो।

साथै जनवर्गीय संगठनहरुमा अहिंसावादी लामा समिति गाउँ इकाई अध्यक्ष प्रुम्थाङ गुम्बाका प्रमुख लामा लोप्साङ दोर्जे लामा, उपाध्यक्ष मोइतेत गुम्बाका प्रमुख लामा दावाछिरीङ लामा, सचीव साङ्ग्ये होइशेर मणि वाङफेलिङ बैाध्द गु्म्बाका प्रमुख लामा कर्मदोर्जे लामा, कोषाध्यक्ष साङक देछेलिङ बैाध्द गुम्बाका लामा छुल्ठिम दोर्जे लामा, सहसचिव हिस्से देछेलिङ बैाध्द गुम्बाका प्रमुख लामा श्री हिस्से वाङदोर्जे लामा सदस्यहरुमा सम्पूर्ण लामाहरु चयन भएका छन् ।

अहिंसावादी युवा संघ गाउँ इकाई अध्यक्ष साङ्ग्ये होइशेर मणि वाङफेलिङ बैाध्द गु्म्बा सक्रिय सदस्य मार्शल तामाङ, उपाध्यक्ष प्रुम्थाङ गुम्बाका सचिव शान्त बहादुर तामाङ, सचिव हिस्से देछेलिङ बैाध्द गुम्बाका सचिव निङमार तामाङ, कोषाध्यक्ष साङ्ग्ये होइशेर मणि वाङफेलिङ बैाध्द गु्म्बा सदस्य खर्क बहादुर तामाङ चयन भएका छन् ।

अहिंसावादी महिला मणिपा संघ गाउँ इकाई अध्यक्ष मोइतेत गुम्बाका व्यवस्थापन समिति सदस्य शान्ती गुरुङ, उपाध्यक्ष साङ्ग्ये होइशेर मणि वाङफेलिङ बैाध्द गु्म्बा सक्रिय सदस्य छिरिङ डोल्मो, सचीव साङक देछेलिङ बैाध्द गुम्बा व्यवस्थापन समिति कोषाध्यक्ष सुरुची तामाङ, कोषाध्यक्ष प्रुम्थाङ गुम्बा व्यवस्थापन समिति कोषाध्यक्ष चिचा माया तामाङ चयन भएको छ।

उक्त कार्यक्रमको संचालन नेपाल अहिंसावादी बौद्ध धर्म विश्वशान्ती चक्र संघ म्यागङका अध्यक्ष लालबहादुर लामाले संचालन गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय