
नुवाकोट /
नेपाल सरकारले आगामी वर्ष ०८० सालको सार्वजनिक बिदाको सूची राजपत्रमा प्रकाशन गरेको छ। हिजो बिहीबार आगामी २०८० वैशाख १ देखि चैत मसान्तसम्मको बिदा सूची राजपत्रमा प्रकाशन गरिएको हो।
प्रकाशन भएको राजपत्रमा ३५ दिन देशभर लागू हुने गरी सार्वजनिक बिदा दिइएको छ । अघिल्ला वर्षहरुमा कटौतीमा परेका २७ पुसमा पृथ्वी जयन्ती र १ फागुनमा जनयुद्ध दिवशको बिदा दिने निर्णय गरेसँगै आगामी वर्ष सार्वजनिक बिदा ३५ दिन पुगेको हो ।
देशभर लागू हुने सार्वजनिक बिदाबाहेक काठमाडौं उपत्यकामा गाइजात्रा, घोडेजात्रा, मत्येन्द्रनाथको भोटो देखाउने जात्रा र इन्द्रजात्रामा सार्वजनिक बिदा दिइएको छ । देशभर महिलाहरुका लागि तिज र जितिया पर्वमा बिदा दिइएको छ । फाल्गुनन्द जयन्ती, गुरु नानक जयन्ती र मोहम्मद जयन्तीमा सम्बन्धित समुदायलाई बिदा दिइएको छ।
सूचनामा शनिबार बिदा, पर्व बिदा, महिला कर्मचारीको बिदा, शिक्षण संस्थाको बिदा, जात्रा बिदा, दिवस बिदा, जन्मजयन्ती बिदा, राष्ट्रिय रूपमा मनाइने तर कार्यालय खुल्ने प्रकृतिका दिवसहरू उल्लेख गरिएको छ।
https://drive.google.com/file/d/1b3XCIL7ZxwTqNStnFZAWWwS2mmMZCWja/view