नुवाकोट /
जिल्लाको म्यागङ गाउँपालिकाको शिक्षा तथा खेलकुद शाखाले आयोजना गरेको शैक्षिक सुधार गोष्ठी र शिक्षकहरुको हाजिरी जवाफ प्रतियोगीतामा विन्दुकेशर मावी प्रथम भएको छ। कुल २० अंक सहित विन्दुकेशर मावि प्रथम भएको हो। उक्त प्रतियोगितामा टीका सापकोटा अन्सिल रिजाल र अमृता ओझाको सहभागीता रहेको थियो।

त्यस्तै उक्त प्रतियोगीतामा ग्रामसेवा मावि दोस्रो बनेको छ। कुल १४ अंक सहित ग्रामसेवा मावी दोस्रो बनेको हो। उक्त प्रतियोगितामा विद्यालयको तर्फबाट केशव न्यौपाने, किरण ढुंगाना र नारायणी खनालको सहभागिता रहेको थियो।

त्यस्तै उक्त प्रतियोगितामा १० अंक पाएर भुमेदेवी मावी तेस्रो ९ अंक लिएर सानो किम्ताङ मावी चौथो र ८ अंक लिएर देउराली मावी पाँचौ भएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय