नुवाकोट /
काठमाडौको माछापोखरी चोकमा यातायात मजदुर संगठनको आन्दोलनको क्रममा प्रहरीको गाडी तोडफोड र आगजनी ६ जना पक्राउ परेका छन् ।
काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघका यातायात व्यवसायहरूले ट्राफिक कारवाहीको विषय लगायत विभिन्न १०(दश) वुँदे माग राखी गरेको विरोध प्रदर्शन कार्यक्रममा प्रहरी वृत्त बालाजु, काठमाण्डौबाट सुरक्षाका लागि खटिएका प्रहरी कर्मचारीहरू लिई गएको प्रहरी वृत बालाजु सवारी साधन अगजनी गरी पूर्ण क्षति भएको थियो।
माछापोखरी प्रहरी विटमा समेत प्रदर्शनकारीहरूले ढुङ्गामुढा तथा आगजनी गर्दा सो विट र विट भित्र रहेको सामान पूर्ण रुपले जलेर नष्ट भएको थियो।
उक्त वारदातमा संलग्न हुने व्यक्तिहरूको विभिन्न सामाजिक सञ्जालहरूमा पोष्ट गरीएका भिडियोहरूको आधारमा हुलिया पहिचान गरी खोजतलास गर्दै जाने क्रममा मिति २०७९।११।०२ गते बालाजु माछापोखरीबाट उनिहरुलाई पक्राउ गरीएको हो।
नियन्त्रणमा लिईएका व्यक्तिहरूको नामथर, वतन –
१. जिल्ला उदयपुर बलमता गा.पा.वडा नं.०२ घर भई हाल काठमाण्डौ तार्केश्वर न.पा.वडा नं.१०, मनमैजु वस्ने पर्शुराम राईको छोरा वर्ष ४० को बिक्रम राई ।
२. जिल्ला नुवाकोट पञ्चकन्या गा.पा.वडा नं.०३ घर भई हाल काठमाण्डौ जिल्ला टोखा नगरपालिका वडा नं.०३ बानियाटार वस्ने कुल बहादुर भण्डारीको छोरा वर्ष ३० को रामहरी भण्डारी ।
३. जिल्ला लमजुङ वेशीशहर न.पा.वडा नं.०५ घर भई हाल काठमाण्डौ जिल्ला तार्केश्वर नगरपालिका वडा नं.१० वस्ने दिपेन श्रेष्ठ छोरा वर्ष २३ को विवेक श्रेष्ठ ।
४. जिल्ला काभ्रेपलान्चोक मानेडाडाँ गा.पा.घर भई हाल काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ रत्न बहादुर तामाङ छोरा वर्ष ३१ को राजेश तामाङ ।
५. जिल्ला प्युठान कडी गा.पा.वडा नं.०१ घर भई हाल काठमाण्डौ जिल्ला गोंगवु वस्ने सुरज पुन मगरको छोरा वर्ष १८ को दिपेन्द्र पुन मगर ।
६. जिल्ला काभ्रेपलान्चोक भुम्लु गा.पा.वडा नं.०२ घर भई हाल काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ गंगाहल वस्ने गकुल खड्काको छोरा वर्ष २० को आशिष खड्का ।
नियन्त्रणमा लिईएका व्यक्तिहरू उपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २६ को दफा २८५ बमोजिम अपराधिक उपद्रव गर्न नहुने कसूर सम्बन्धी मुद्दा दर्ता गरी सम्मानित काठमाडौ जिल्ला अदालतवाट दिन ३ म्याद थप गरि अनुसन्धान भईरहेको ।
साथै वारदातमा संलग्न संदिग्ध ९/१० जना अन्य व्यक्तिहरूलाई नियन्त्रणमा लिई सोधपुछ तथा छानविन कार्य भईरहेको प्रहरीले जनाएको छ।
