नुवाकोट /
जिल्लाको म्यागङ -५ पोखरी डाँडामा पाँचौ नगिनी कप उद्घाटन भएको छ।आज शनिबार भएको उद्घाटन खेलमा धादिङको चौतारा युवा क्लबले जोरचौतारा युवा क्लबलाई पराजित गर्दै विजयी बनेको छ।

खेलमा एकतर्फी दबाब कायम राखेको चौतारा युवा क्लबले पहिलो हाफमा २ गोल र दोस्रो हाफमा २ गोल गर्दै ४ शुन्यको गोल अन्तरले विजयी अभियान शुरूवात गरेको छ।

यस्तै आजै भएको अर्को दोस्रो खेलमा साइकोले युवा क्लबलाई पराजित गर्दै आयोजक ‘ए’ विजयी बनेको छ। पहिलो हाफमा २ गोलको अग्रता लिएको आयोजक नागिनिथाना युवा क्लबले दोस्रो हाफमा पनि २ गोल गर्दै ४ शुन्यको गोल अन्तरले विजयी बनेको हो ।

धादिङ र नुवाकोटका गरि २६ टिमको सहाभगिता रहेको छ उक्त प्रतियोगिताको दोस्रो दिन भोलि आइतबार चार खेलहरु हुनेछन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय