३५ दिने सूचना जारी गर्दै: सामरी खानेपानी उपभोक्ता समितिको चौथो भेला सम्पन्न

ताजा समाचार समाचार

नुवाकोट /
जिल्लाको म्यागङ गाउँपालिका -५ सामरी भञ्ज्याङमा ‘भेंगेरी खोला ठाडो खोला कुलोखोला’ खानेपानी उपभोक्ता समितिको चौथो भेला सम्पन्न भएको छ। प्रमुख अतिथी म्यागङ गाउँपालिका अध्यक्ष आशा तामाङको प्रमुख आथित्यतामा सम्पन्न भएको हो।

उपभोक्ता समितिका अध्यक्ष रामेश्वर खड्काको सभापतित्वमा सम्पन्न भएको उक्त भेलाको बिशेष अतिथिमा गाउँपालिका उपप्रमुख सीता तामाङको उपस्थिति रहेकोे थियो भने कार्यक्रमको संचालन रामकुमार खड्काले गरेका थिए।

संस्थाका कोषाध्यक्ष शोभा शाक्यले आर्थिक मामिलाको हिसाबकिताब पेश गरेका थिए।

उपभोक्ताहरु मार्फत मन्तव्य राख्ने क्रममा ‘सबैले अनिवार्य महशुल बुझाउनु पर्ने तथा नदिनेको लाइन काटिनुपर्ने पुर्णपरी लामाले बताएका थिए भने राजकुमार थापाले समिती फेरबदल गर्ने होईन यहि समितीलाई सहयोग गरेर हिसाबकिताब क्लिएर गर्नुपर्ने। बताएका थिए।’

अर्का वक्ता सुजन बज्राचार्यले उपभोक्ता समितिमा सरसफाइ समेत जोडिएकोले सरसफाइ तर्फपनि विशेष ध्यान दिन जोड दिएका थिए। उपभोक्ता समितिमा राजनीतिको गन्ध देखिरहेको पुर्व वडा अध्यक्ष रामबहादुर तामाङले बताएका थिए।

साथै समितिका अध्यक्ष खड्काले पालिकाले डोजर सहयोग नगरेको भए निर्माण सम्पन्न हुन ३ महिना भन्दा बढी समय लाग्ने बताएका थिए।

१ लाख ७८ हजार बैंक खातामा भएको र उठ्न बाँकी सहित कुल १० लाख ६१ हजार संचिती रकम उक्त संस्थामा रहेको छ।

साथै उक्त भेलाले पुरानै समितीलाई निरन्तरता सहितको मान्यता दिएर उठ्न बाँकी रकम ३५ दिनभित्र बुझाउन ताकेता सहित धारा काट्ने निर्णय समेत गरेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *