नुवाकोट/
जिल्लाको दुप्चेश्वर -१ घ्याङ फेदीमा बाख्रा वितरण गरिएको छ। नेसपा पोलिटब्युरो सदस्या तथा युवा नेता डा भिमलाल तामाङले ‘नेपालका असल मित्रहरु संस्था’ र ‘श्रृजान्सिल रेड पाण्डा महिला समुह संस्थाको साझेदारीमा उक्त बाख्रा वितरण गरिएको हो।

दुप्चेश्वर १ स्थित निग्लेनी गाउँका गरिब बिपन्न ५३ घर धुरी परिवारलाई प्रति परिवार दुईवटाको दरले १०६ वटा बाख्रा वितरण गरिएको हो ।

उक्त कार्यक्रमको प्रमुख अतिथिमा गाउँपालिका प्रमुख शंकर बहादुर थापा, वडा अध्यक्ष सिताराम तामाङ, गा.पा. शिक्षा शाखा प्रतिनिधि, प्रशासनिक सदस्य, स्थानीय समाजसेवी कर्मजित तामाङ, समाजसेवी युवा नेता मिन बहादुर तामाङ लगायत स्थानीय समाजसेवी र बुद्विजिबिहरुको उपस्थित रहेको थियोे भने कार्यक्रमको संचालन समाजसेवी युवा नेता रन्जमान तामाङले गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय