नुवाकोट /
जिल्लाको विदुर नगरपालिकाले आगामी पुष २७ गते सार्वजनिक विदा दिएको छ। नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा बिदुर नगरपालिकाले पुस २७ गते सार्वजनिक बिदा दिएको हो।
नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार खनालले बुधबार एक सूचना निकालेर राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक बिदाको निर्णय भएको बताएका छन्।


बिदुर नगरपालिकाको पुस १७ गते बसेको नगर कार्यपालिकाको बैठकको निर्णयानुसार राष्ट्रिय एकीकरण दिवसको अवसरमा पुस २७ गते नगरपालिका कार्यालय र अन्तर्गतका सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्था र सामुदायिक विद्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय गरिएको हो।
राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रमा पनि सरकारमा जाने शर्तका रुपमा पुस २७ गते सार्वजनिक बिदा दिएर राष्ट्रिय एकता दिवसका रुपमा मनाउनुपर्ने माग गरिरहेको छ।

