नुवाकोट /
हिजो तमु ल्होछारको अवसारमा नजिकिदै गरेको तामाङ हरुको महान पर्व सोनाम ल्होछार लाई लक्षित गर्दै उत्तरी धादिङका पुरानो गायक एवम म्हेन्दोमाया कलाकार संघ धादिङका सस्थापक अध्यक्ष सन्दिप स्याम्चेन तामाङ र नव गायिका सन्जु लामाको “ल्होछार खजी” तामाङ म्हेन्दोमाया गित बजारमा आएको छ।

उक्त म्हेन्दोमाया गित सन्जु लामा अफिसियल यु टुब च्यानल मार्फत आएको हो। जसमा शब्द सन्दिप स्याम्चेन तथा स्वर सन्दिप स्याम्चेन र सन्जु लामाको रहेको छ भने लय अनि संगीत संयोजन राजु खड्काको रहेको छ ।

अभिनय एम. बि.गुरुङ, सन्जु लामा,माया थोकर र धादिङ जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष प्रताप सिंह तामाङको रहेकोे छ ।उक्त गितको छायांकन सुराज गोम्जा सम्पादक रोशन धितालले गरेका थियो भने निर्देशन तथा कोरियोग्राफ एम.बि गुरुङले गरेका थिए रेकर्डिङ डिजिटल काठमाडौ रेकर्ड दिपक बि.सि. र मिक्सिङ दिका गुरुङको रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय