धादिङमा लागू औषध गाँजा सहित चार जना पक्राउ

समाचार

धादिङ/
जिल्लाका बिभिन्न स्थानबाट लागू औषध गाँजासहित चार जना पक्राउ परेका छन् । थाक्रे गाउँपालिका–५ स्थित दामेचौर देखी महादेववेशी जाने कच्ची सडकबाट ९३ किलोग्राम अवैध लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा थाक्रे गाउँपालिका–४ का २१ वर्षीय ईमान तामाङ र ६० वर्षीय काले तामाङ रहेका छन्। ईमान तामाङले चलाएको ग १ त ६१६१ नं को ट्याक्टरमा चेकचाँज गर्दा ९३ केजी अवैध लागूऔषध गाँजाको सुकेको बोट फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यस्तै, शुक्रबार बिहान धुनिबेशी नगरपालिका–७ नौबिसेबाट ६ किलो ५ सय ग्राम गाँजा सहित दुईजना पक्राउ परेका छन् ।पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–१५ बस्ने २६ वर्षीय सन्तोष महर्जन र सोही ठाउँका २१ बर्षिय सर्जन देउला रहेका छन् ।

प्रदेश नं ३ ०३–०३ प ११८ नम्बरको स्कुटरमा उनीहरूलाई प्रहरीले जाँच गर्ने क्रममा सेतो रङको बोरा भित्र लुकाई ल्याएको उक्त गाँजासहित पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *