रसुवा।
पार्टी भित्रका आन्तरिक असन्तुष्टि पक्षलाई अनुकूलता मिलाई एकमत, एकढिक्का भई चुनावी अभियानमा जुट्न सकेमा मात्र पार्टीको सुनिश्चितता, दीर्घकालीन जित र यसैमा सबैको भलाई हुनेछ !

देशैभर यतिबेला चुनावमय बनेको छ, आगामी मंसिर ४ गते हुन् गईरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको पुर्व सन्ध्यामा आम पार्टीका नेता तथा कार्यकर्ता चुनावी अभियानमा केन्द्रित हुँदै गर्दा रसुवा बाम लोकतान्त्रिक गठबन्धनलाई विजयी गराई रसुवा जिल्लाको विकास, सम्वृद्धि, सु-सासन कायम राख्नको निम्ति आम नेतागण, सच्चिन्नु पर्दछ, विगतलाई भुलेर आपसमा मनमुटाव नगरी, पार्टी प्रति बफादार रही यस निर्वाचनलाई सफलता बनाउन जनता र नेता पार्टी कार्यकर्ता सबैको अहम भूमिका रहन्छ, तसर्थ यो स्वर्णिम अवसरको रुपमा लिएको युवा नेता डिबराज न्यौपाने (संकर) ले (www.ptonlinenews.com) का सम्पादक तथा नुवाकोट जागरणका रिपोर्टर डिबी तामाङसंग भएको भलाकुसारीमा आफ्नो विचार व्यक्त गरेका हुन् ।

रसुवाका युवा नेता संकर सफल व्यवसायी तथा रसुवा जिल्ला नौकुन्ड गाउँ पालिका वडा ५ इकाई सचीव एवं वडा कार्यसमितिका सदस्य समेत रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय