नुवाकोट /
जिल्लाको म्यागङ गाउँपालिका -६ पुरानोपानीमा कन्यास्थान युवा क्लबले आयोजना गरेको १० औं भंगेरी कपको उपाधी नवस्टार युवा क्लब पोखरीले चुमेको छ।
मनेगङ युवा क्लब टिकाडुङ धादिङलाई ३-० को गोल अन्तरले पराजित गर्दै उपाधी चुमेको हो।
बिरमान तामाङले संचालन गरेको र विरबहादुर तामाङको सभापतित्वमा सम्पन्न समापन कार्यक्रमको प्रमुख अतिथीमा नुवाकोट क्षेत्र नं -२ (ख) का साझा उम्मेदवार बहादुरसिङ लामाको उपस्थिति रहेकोे थियो भने विशेश अतिथीमा नेपाली कांग्रेस क्षेत्र नं -२ का सभापति तथा समानुपातिक उम्मेदवार जगतबहादुर तामाङ र म्यागङ गाउँपालिका प्रमुख आशा तामाङको उपस्थिति रहेकोे थियो ।
त्यस्तै अन्य अतिथीहरुमा म्यागङ गाउँपालिका उपप्रमुख सीता तामाङ ,छत्र लामा, रामेश्वर खड्का, शान्ति लामा, हरिकुमार तामाङ, जितबहादुर तामाङ, विजय गुरुङ, तारालाल बिक लगायतको उपस्थिति रहेकोे थियो भने दर्शकहरुको उल्लेख्य उपस्थिति रहेकोे थियो।










