साबिक किम्ताङ गाबिसका पुर्व अध्यक्ष तामाङको निधन

समाचार

नुवाकोट/
जिल्लामा नेपाली काङ्ग्रेसका पुराना नेता तथा साबिक किम्ताङ गाउँ बिकास समिति (हालको म्यागङ -४)का पुर्ब अध्यक्ष सन्जय बहादुर तामाङको निधन भएको छ।

लामो समय देखि मधुमेह तथा ब्लड प्रेसर रोगबाट ग्रसित तामाङको ६७ बर्षको उमेरमा काठमाडौं स्थित ग्रीन सिटी अस्पतालमा उपचाररत अबस्थामा हिजो शनिवार दिउँसो निधन भएको पारिवारिक स्रोतले जानकारी दिए।

राजनीति तथा सामाजिक अभियानमा सक्रिय तामाङ साबिक किमताङको अध्यक्षमा (२०४८-२०५४) मा निर्वाचित भएका थिए ।

स्व तामाङको श्रीमती र ३ छोरा रहेका छन्। उनको पार्थिव शरीरलाई बिदुर-९ ,कोलोनीमा बौद्ध परम्परा अनुसार अन्तेष्ठी गरिने परिवारका सदस्यले जनाएको छ।

तामाङको निधनमा जिल्ला स्थित नेता तथा सामाजिक ब्यक्तित्वहरुले दु:ख ब्यक्त गर्दै श्रद्धाञ्जली ब्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *