नुवाकोट /
माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुँदा एक परीक्षार्थीले गणितमा शून्य अंक पाए। ती परीक्षार्थीले आफूले प्राप्त गरेको नतिजाप्रति चित्त बुझाएनन् र सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा गई पुनर्योगको आवेदन दिए।

गोरखापत्रमा प्रकृति अधिकारी लेख्छन्, पुनर्योगका लागि पोकाबाट उनको उत्तरपुस्तिका झिक्दा पनिकाका कर्मचारी नै झस्किए। कारण ती परीक्षार्थीले वास्तवमा ८० अंक पाएका थिए तर अंक चढाउँदा अगाडिको अंक नै छुट्याइएको रहेछ। धन्न ती परीक्षार्थीले पुनर्योगका लागि आवेदन दिएकाले उनको नतिजा ‘ई’बाट ए ग्रेडमा परिवर्तन हुन सक्यो।

एसईईमा प्राप्त गरेको नतिजाप्रति चित्त नबुझाएका परीक्षार्थीले आइतबारसम्म पुनर्योगका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएकोमा सानोठिमीमा दुई हजार ६७१ जनाको आवेदन परेको छ। पुनर्योगका लागि परीक्षार्थीले सम्बन्धित जिल्लामै आवेदन दिन पाउने व्यवस्था भएकाले त्यहाँ करिब एक हजार आवेदन परेको हुन सक्ने अनुमान पनिकाको छ।

आवेदन दिएका परीक्षार्थीको उत्तरपुस्तिका पुनर्योग गर्ने कार्य पनि धमाधम थालिएको छ। पनिकाले हालसम्म ६८४ वटा उत्तरपुस्तिकाको अंक परिवर्तन भएको जनाएको छ। पुनर्योगपछि सरदर तीनदेखि सात अंकसम्म बढेको पाइएको छ। कुनै–कुनै परीक्षार्थीले तीनदेखि चारवटा विषयमा समेत पुनर्योगका लागि आवेदन दिएका छन्।रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय