खुल्यो संसदको अवरोध पछि हट्यो एमाले

समाचार

काठमाडौं /
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध हटाएको छ। ०७८ साल भदौ २३ गतेदेखि निरन्तर गर्दै आएका अवरोध हटाएको हो।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बजेट अधिवेशनको सुरु भएकाले आफ्नो विरोधको स्वरूप परिवर्तन गरेको बताए।देशको आर्थिक अवस्था बिग्रँदै गएको बेलामा बजेटबारे छलफल गर्नको लागि अवरोध हटाएको बताए।

विरोधको शैली परिवर्तन भए पनि आफूहरुको अडान कायमै रहेको दाबी गरे। सरकार र सभामुखदेखि सबै सेटिङमा चलेको आरोपसमेत लगाए।

स्थानीय निर्वाचनको परिणामले एमाले नआत्तिएको पनि उनले प्रष्ट पारे। २०० स्थानमा एमालेले जित्नु पनि कुल ३० प्रतिशत रहेको र त्यसलाई कमजोर नठान्न पनि उनले स्मरण गराए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *