नुवाकोट /
जिल्ला प्रशासन कार्यालय नुवाकोटले आउँदै गरेको होलि (फागु पुर्णिमा)को अवसरमा अवाञ्छित क्रियाकलाप गर्नेहरुलाई कार्वाही गर्ने जनाएको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटले आज एक सूचना मार्फत उक्त कुराको जानकारी गराएको हो।

रगंको माध्यमबाट एक अर्कामा खुसी साटासाट गर्ने फागु पर्व ( होली ) पर्व मनाउने नाममा जथाभावी रगं दल्ने , लोला हान्ने , बाटो ढुकेर बटुवालाई रगं लगाउने, बाटो अवरोध गरी सवारी साधनबाट रकम असुल्ने जस्ता अराजक कार्यहरू नगर्नु नगराउनु हुन अनुरोध गरेको छ। साथै सूचनाको अवज्ञा गरी जथाभावी रगं दल्ने , लोला हान्ने , बाटो अवरोध गरी सवारी साधनबाट रकम असुल्ने जस्ता अवाञ्छित गतिबिधि गरेको पाइएमा प्रचलित कानुन अनुसार कारबाही हुने व्यहोरा समेत जानकारी गराएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x