जनकपुर/
जनयुद्ध दिवसको अवसरमा आइतबार मधेश प्रदेश सरकारले सार्वजनिक बिदादिने घोषणा गरेको छ।फागुन १ गते जनयुद्ध दिवस मनाउन सार्वजनिक बिदा दिएको हो।

शुक्रबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै फागुन १ गते आइतबार जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेशमा सार्वजनिक बिदा दिएको जानकारी गराए।

साह नेकपा माओवादी केन्द्रबाट मधेश सरकारमा सञ्चार मन्त्री हुन्। तत्कालीन विद्रोही नेकपा माओवादी ले सशस्त्र विद्रोह सुरू गरेको दिनको सम्झनामा प्रत्येक वर्ष फागुन १ गते माओवादीले जनयुद्ध दिवस मनाउँदै आएको हो।

मधेश सरकारले जनयुद्ध दिवसको अवसरमा मधेशका प्रत्येक जिल्लाका ५ जना जनयुद्धका सहिदका परिवारलाई जनही एकलाख रुपैयाँ आर्थिक सहायतासमेत उपलब्ध गराउने तयारी गरेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय