
नुवाकोट /
मानव सेवा आश्रमका अभियन्ता टोलि यहि माघ २२ गते नुवाकोट आउने भएको छ। सडक आश्रित मानवहरुको मानवोचित व्यवस्थापन सम्बन्धमा अन्तरक्रिया कार्यक्रम आयोजना भएकोले आउन लागेको हो।
विशेष गरि २०६ ९ सालदेखी नै मानवसेवा आश्रम खुला आकाशमुनी सडकपेटी एवं सार्वजनिक स्थलहरुमा अति कष्टपूर्ण जीवन विताउन विवश जीवन नै जोखिममा रहेका अनाथ , अपाङ , अशक्त ,अशहाय , शारिरीक तथा मानसिकरुमा कमजोर मानवहरुको उद्धार ,उपचार ,पालनपोषण एवं पारिवारीक मिलन गराउँदै आइरहेको छ ।
गतवर्ष पनि नुवाकोटबाट १४ जनाको उद्धार गरिसकेको यस संस्थाले यो वर्ष पनि नुवाकोटमा रहेका बेसहारा, असाहाय, अनाथ, अभिभावक विहिन लगायतका कारण सडकमा आइपुगेका नागरिकहरुको उद्धारको लागि मानव सेवा आश्रम टोलि नुवाकोट आउने हुँदा आफ्ना गाउँ समाज र पालिका भित्र यस्ता कोहि भए मानव सेवा आश्रम तथा महेन्द्र श्रेष्ठलाई खबर गर्नुहुन अनुरोध गरिएको छ।