नुवाकोट /
२०७८ सालको जनगणनाको रिपोर्ट सार्वजनिक भएको छ। केन्द्रिय तथ्यांक बिभागले सार्वजनिक गरेको तथ्यांक अनुसार नुवाकोट लगायत देशभरको जनसंख्या वृद्धिदरमा ह्रास आएको हो।
हाल नुवाकोटको जनसंख्या २ लाख ६२ हजार ९८१ रहेको छ भने २०६८ सालको जनगणनाले २ लाख ७७ हजार ४७१ देखाएको थियो। १० बर्षको अन्तरालमा जिल्लाको जनसंख्यामा (-०.५१) प्रतिशत अर्थात १४ हजार ५०० ह्रास आएको देखाएको छ।
त्यस्तैगरी जिल्लामा पुरुषको संख्या १ लाख २८ हजार ८४९ र महिलाको संख्या १ लाख ३४ हजार १३२ रहेको छ। जिल्लामा परिवारको संख्या ६९ हजार १६० रहेको छ भने जिल्लामा ६५ हजार ७३४ घरहरु रहेका छन् ।