धनुषा /
सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरु उग्र बन्दै गएका छन् ।उनिहरुले आज जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सतिश साहमाथि आक्रमण गरेका छन्।

जनकपुरको पिडारी चोकमा जनमत पार्टीका कार्यकर्ताहरुले बर्दिबास गइरहेका डाक्टर साह सवार गाडीमा तोडफोड गर्नुका साथै अन्धाधुन्ध भाटा प्रहार गरेपछि साह घाइते भएका छन्। उनको टाउको फुटेको प्रहरीले जनाएको छ।उनको अनुहारमा गहिरो चोट लागेर आठ वटा टाँका लगाइएको साहका आफन्तले बताए।

त्यस्तैगरि उक्त पार्टीका कार्यकर्ताहरुले प्रदेस सभा सदस्य अशोक यादवको गाडी तोडफोड गरी उनको हात नै भाँचिदिएको यादवले जनाएका छन्। उग्ररुपमा प्रदर्शनमा उत्रिएका कार्यकर्ताहरुले दश वटा सरकारी गाडीमा समेत तोडफोड गरेका हुन्।रासस

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x