नुवाकोट/
नुवाकोटको त्रिशुली अस्पताल देशभरका अस्पताल मध्यमा सर्वोत्कृष्ट बन्न सफल भएको खबर सार्वजनिक भएको २४ घण्टा नबित्दै नेपाली कांग्रेसको नेतृत्वले अस्पताल विकास समितिका अध्यक्षलाई बर्खास्त गर्न स्पष्टिकरण सोधेको छ ।

पछिल्लो चार वर्षदेखि अस्पतालमा व्यापक परिवर्तन आएको छ ।लगातार दुई वर्षदेखि अस्पताल देशभरका सरकारी अस्पतालमा उत्कृष्ट घोषित पनि भएको छ ।

बागमती प्रदेशमा गठबन्धन सरकार नै भए पनि माओवादी निकटका न्यौपानेलाई अस्पतालबाट विदा गर्नका लागि नै स्पष्टिकरण सोधिएको मन्त्रालय स्रोतले जनाएको छ ।सरकारी अस्पतालमा उत्कृष्ट बनेको र ठूला अस्पतालको भन्दा राम्रो ढंगले आइसियु समेत चलिरहेको अस्पताल कांग्रेसको किचलोले थप समस्यामा पर्ने हो कि भन्ने चिन्ता सुरू भएको छ ।

यसअघि बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले एमालेले सुरू गराएका राम्रा र दीर्घकालीन विकासका काम स्थगित गर्ने निर्णय गरिसकेका छन । त्रिशुली अस्पतालका सन्दर्भमा पनि पाण्डेले न्यौपाने हटाउन मौखिक सहमति प्रदान गरिसकेको मन्त्रालय स्रोतले जनाएको छ ।

अस्पताल सुधारका निम्ति तत्कालीन एमाले नेतृत्वको प्रदेश सरकारले माओवादी कार्यकर्ता भए पनि न्यौपानेलाई अस्पताल विकास समितिको जिम्मा दिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय