काठमाडौ /
दूर्लभ बन्यजन्तु रेडपाण्डाको छालाको साथमा एक नुवाकोटे सहित चारजना पक्राउ परेका छन्। दूर्लभ बन्यजन्तु रेडपाण्डाको छालाको कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा उनिहरुलाई महानगरीय अपराध महाशाखाको टोलिले पक्राउ गरेको हो।

atOptions = { 'key' : 'f9917186bd0575514f4e39cc9f88ea24', 'format' : 'iframe', 'height' : 60, 'width' : 468, 'params' : {} };

काठमाण्डौको बसुन्धरा स्थित द मयुर क्याफेबाट ४ (चार) जना व्यक्तिलाई अति दूर्लभ रेडपाण्डाको सिंगो शरीर समेतको चार थान छाला रु. ३० लाखमा मोलमोलाई गरिरहेको अवस्थामा पक्राउ गरि राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन, २०२९ र संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ बमोजिम आवाश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

पक्राउ व्यक्तिहरु:-
१. धादिङ गंगाजमुना गा.पा. ७ घर भई हाल काठमाण्डौको गंगबु बस्ने बर्ष ३९ को निर बहादुर घले ।
२. सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी गा.पा वडा नं. १३ घर भई हाल काठमाण्डौ कलंकी बस्ने बर्ष २५ को सुरेश गिरी ।
३. नुवाकोट शिवपुरी गा.पा. वडा नं. ४ घर भई हाल काठमाण्डौ टोखा बस्ने बर्ष ३१ को कृष्ण बहादुर तामाङ ।
४. ओखलढुंगा मानेभञ्ज्याङ गा.पा. वडा नं. २ घर भई हाल काठमाण्डौ स्वयम्भु बस्ने बर्ष २९ को मोहनकर्ण कार्की रहेका छन् ।

बरामद भएका सामानहरुः-
१. दूर्लभ बन्यजन्तु रेडपाण्डाको छाला थान-४
२. निज व्यक्तिहरुले प्रयोग गर्ने गरेको मोबाइल थान- ४ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय