नुवाकोट /
राष्ट्रिय प्रजातन्त्र पार्टी बागमती प्रदेशको प्रवक्तामा नुवाकोटका बिष्णुप्रसाद सापकोटा चयन भएका छन्। केहि समय अगाडी हेटौडामा भएको प्रदेश अबिधेसनमा सदस्यमा निर्बाचित भएका सापकोटालाई प्रदेशको बैठकले प्रबक्तामा मनोनित गरेको हो ।

प्रदेश अबिधेसनमा निर्बाचित ३५ सदस्यहरुले पदाधिकारी चयन गर्ने निर्णय अनुशार सापकोटालाई प्रबक्तामा चयन गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले जानकारी दिएको छ ।नुवाकोटका जनताको पक्षमा सदैब अग्रपंतिमा रहेर कार्य गर्दै आएका सापकोटा २०६४ र २०७० सालमा भएको संबिधान सभा निर्बाचनमा तत्कालीन नुवाकोटको क्षेत्र नम्बर ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीको उम्मेदवार समेत रहनुभएको थियो । हाल उहाँ “राष्टिय उपभोक्ता मञ्च नुवाकोट”को अध्यक्ष समेत रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x