नुवाकोट ।
वन तथा वातावरण मन्त्री तथा जनता समाजवादीका नेता रामसहाय प्रसाद यादव यहि मंसिर २५ गते नुवाकोटको समन्द्रटारमा आउनु हुने भएको छ ।जनता समाजवादी पार्टी (जसपा) को संगठन सुदृढीकरण तथा जन जागरण (सु.ज.) अभियान अन्तर्गत उहाँ आउन लाग्नु भएको हो।
नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा ६ रुकमणी मावि समुन्द्रटारमा यहि मंसिर २५ गते शनिबार हुने समारोहको प्रमुख अथितीको रुपमा आउँन लाग्नु भएको जसपाका जिल्ला अध्यक्ष ईश्वरकुमार रावतले जानकारी दिनुभएको छ ।