
नुवाकोट।धादिङ जिल्लाको नेत्रावती डबजोङ गाउँपालिका र नुवाकोट जिल्लाको म्यागङ गाउँपलिकाको संगम स्थल पबित्र एतिहासिक, धार्मिक , सांस्कृतिक तथा पर्यटकिय क्षेत्र दोश्रो नमो: बुद्धको नामले चिनिने वाका राहा गैरामा गुरु रिन्पोछे मुर्ति उद्घाटन तथा विश्व शान्ति महायज्ञ पुजा समापन कार्यक्रम हुने भएको छ ।
नेपाल अहिंसाबादी बौध्द धर्म बिश्व शन्ति चक्र संघ ज्यमपल दोर्जे डुबखाङ बौद्ध योगाश्राम ध्यान केन्द्रको आयोजनामा पबित्र बौद्ध तिर्थ बनाउने गुरु योजना साकार पार्न ज्यम्पल गोम्बोमा बन्दै गरेको गुरु रिन्पोछेको मुर्ती निर्माण करिब करिब अन्तिम चरणमा पुगेको छ । यहि आउदो ३ गते शुक्रवार धर्मगुरु खेन्पो पेमा सम्बा लामा ज्युको उपस्थितिमा बिहान ११ बजे बाट कार्यक्रम सुरु हुनेछ ।
लगभग २५ लाखको खर्च अनुमान गरिएको यो मुर्ति निर्माण कार्यमा देश तथा बिदेशबाट सहयोग दान गर्नु भएको र अझै आउने क्रममा रहेको मुर्ति निर्माण समितिका संयोजक तथा समाजसेवी आदरणीय धनसुर वाइबा तामाङ ज्युले जानकारी दिनुभयो ।
यहि मङ्सिर ३ गते शुक्रवार पर्यटन मन्त्री प्रेम बहादुर आले मगरको प्रमुख अतिथ्यतामा बृहत राब्ने / उद्घटन कार्यक्रम हुने नेपाल अहिंसाबादी बौध्द धर्म बिश्व शन्ति चक्र संघका केन्दिय महा सचिव धर्म गुरु प्रेम दोर्जे बल लामाले जानकारी दिनु भएको छ । साथै उहाँले पर्सी हुने कार्यक्रममा सहभागी भैदिनुहुन धर्मप्रेमि महानुभावहरु तथा सबैमा अनुरोध गर्नुभएको छ ।