नुवाकोट।
नेपाली काङ्ग्रेसको १४औं महाधिवेशन को गर्मागर्मी नुवाकोटमा बढेको छ।यसै क्रममा नुवाकोट जिल्लाको क्षेत्र नं २ को प्रदेश ‘ख’ बाट गणेशमान तामाङको प्यानलबाट रत्नमान मानन्धरको पनि उम्मेदवारी परेको हो।
बर्षौ देखि नेपाली कांग्रेसमा रही आफ्नाे अमुल्य योगदान दिदै आइरहनु भएका एकदमै मिलनसार तथा प्रभाबशाली नेता मानन्धर समाजसेवामा पनि उत्तिकै अग्रणिय मानिन्छन। रत्न मानन्धर राजनितिक र सामाजिक रुपमा अलग पहिचान बनाएका ईमानदार नेताका रूपमा परिचित नेता मध्य एक हो।
नुवाकोट जिल्लाको क्षेत्र नं २ को प्रदेश ‘ख’ मा सभापतिमा गणेशमान तामांग , उपसभापतिमा झम्क भट्ट र लालबहादुर तामांग , यस्तै सचिबमा विजय बम्ब र सहिद कुमार लामा र सह-सचिबमा शिब प्रसाद नेपाल र बुदि बहादुर तामांगको नाममा उम्मेदवारी घोषणा गरेको छ।
यस्तैगरि प्रदेश अधिबेशन खुला प्रतिनिधिमा रत्न मानन्धर ,रबिन तामांग, छत्र बहादुर लामा , अर्जुन अधिकारी, किशोर बोगटी, बिराज तामांग र अशोक लामा ,झमक प्रसाद भट्ट र लाल बहादुर तामाङ रहनु भएको छ।
कांग्रेसमा गुटको राजनीति भन्दापनि कांग्रेसलाइ एक ढिक्का बनाएर अघि लैजान पनि आफुलाई जिताउन सबैसंग अपिल गर्नु भएको छ।