नुवाकोटमा बन्दको प्रभाव; लामो तथा छोटोदुरीका सार्वजनिक यातायात ठप्प

समाचार

नुवाकोट।
बन्दको कारण सार्वजनिक सवारी साधनहरू फाट्टफुट्ट चलेका छन ।सार्वजनिक गाडीहरू थोरै चल्दा काम विशेषले आज बिहानै गन्तव्यमा जान चाहने यात्रुहरुले सास्ती पाएका छन ।

नुवाकोटबाट काठमाडौं चल्ने बसहरु एकाध मात्रामा चलेका छन् ।निजी कार र मोटरसाइकलहरू भने निर्वाध चलिरहेका छन ।

मध्यपहाडी लोकमार्गमा लामो र छोटोदुरिका कुनै सार्वजनिक यातायात चलेका छैन।सडकमा विप्लवका कुनैपनि कार्यकर्ताहरु देखिएका छैनन यद्यपि बन्दको आंशिक प्रभाव भने नुवाकोटमा परेको छ।

जिल्लाको विभिन्न चोकचोकमा सुरक्षाकर्मीहरूको तैनाथी बढाइएको छ । बन्दको क्रममा कुनै अप्रिय घटना अहिलेसम्म नभएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *