नुवाकोट।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री अर्जुननरसिंह केसीले नुवाकोटको किस्पाङमा भएको बस दुर्घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता केसीले गृहजिल्लामा भएको बस दुर्घटनाप्रति दु:ख व्यक्त गरेका हुन् ।

नेता केसीले दुर्घटनामा परि मृत्यु हुनेप्रति श्रद्धाञ्जली दिनुका साथै घाइतेप्रति शीघ्र स्वास्थ्य लाभको कामना समेत व्यक्त गरेका छन् ।

लेखेका छन् ;‘दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु। सम्पूर्ण घाईतेहरुको सबै उपचार खर्चको व्यवस्था सरकारले गरोस् ।’ नेता केसीले भनेका छन् ।

सोमबार बिहान किस्पाङ गाउँपालिका भुमेस्थानमा भाल्चे हुँदै काठमाडौं आउँदै गरेको बा ४ ख ५७६२ भुमेस्थानमा दुर्घटनामा परेको थियो ।

त्यसैगरी घाइतेहरुको तत्काल उद्दार व्यवस्थापन र अस्पताल पुर्याउन , प्रशासन प्रहरी ,एम्बुलेन्स चालकहरु र स्थानीय जनता, उपचारमा खटिने सम्पुर्ण स्वास्थ्यकर्मीहरुको कार्य र तदारुकता प्रशंसनीय रहेको बताए ।

सोमबार बिहान भुमेस्थानमा भाल्चे हुँदै काठमाडौं आउँदै गरेको बा ४ ख ५७६२ नं को बस दुर्घटना भएको हो । दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने घाइतेसंख्या ५२ पुगेको स्थानीय प्रशासनले जनाएको छ ।घाइतेहरुको जिल्लाको त्रिशुली अस्पतालसहित काठमाडौंको ट्रमा सेन्टर र ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

atOptions = { 'key' : 'f9917186bd0575514f4e39cc9f88ea24', 'format' : 'iframe', 'height' : 60, 'width' : 468, 'params' : {} };

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय