
नुवाकोट।
जिल्लाको म्यागङ गाउँपालिका वडा नं २ बुङताङमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।उक्त कार्यक्रम जिल्ला रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोट र रक्तसञ्चार केन्द्र नुवाकोटको प्राविधिक सहयोग तथा Blood on Request in nuwakot को सहजीकरणमा ब्योनखोर युवा क्लब बुङताङको आयोजनामा सम्पन्न भएको हो।
उक्त रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका थिए। जसमा पुरुषको संख्या २४ रहेको छ भने महिलाको संख्या ६ जना रहेको छ।