नुवाकोट।
अमेरिकामा बसोबास गरिरहेका नुवाकोटेहरुको संगठन नुवाकोट अमेरिका सम्पर्क समितिले किस्पाङ बस दुर्घटना घाइतेहरु तथा विभिन्न घातक रोगबाट पीडितहरुलाई उपचारको लागि आर्थिक सहयोग गर्ने भएको छ।
यसअघि नै समितिले उक्त बा दुर्घटनामा निधन भएका किस्पाङका रमेश तामाङको परिवार र मोटरसाइकल दुर्घटनामा परी घाइते बिदुर न पा ९ निवासी हरी शरण खड्कालाई ने रु ५०-५० हजार आर्थिक सहयोग गर्ने घोषणा गरिसकेको समितिका सचीव दिपेन्द्र दाहालले जानकारी दिनुभयो।
किस्पाङ बस दुर्घटनामा परी घाइते भएर अस्पातलमा उपचार गराइरहेका गम्भीर १२ जना बिरामीहरुलाई जनही ने रु २० हजार आर्थिक सहयोग गर्ने बिहिवार बसेको सम्पर्क समितीको आकस्मिक बैठकले निर्णय गरेको सभापति विज्ञान खनालले नुवाकोट जागरणलाई बताउनुभयो ।
त्यसै गरि समितिले बेलकोटगढि नगरपालिका -१३ निवासी क्यान्सर को उपचार गराइरहेका यादबराज लोहनीको उपचारलाई ने रु ५०,०००।/-र तादी गाउपालिका वडा ४ निवासी लाल बहादुर तामाङ को श्रीमतीको कलेजोको उपचारको ने रु ५०,०००/- आर्थिक सहयोग गर्ने घोषणा गरेको सभापति खनालले जानकारी दिनुभयो।
समितिले सहयोग जुटाउन सहयोग गर्नुहुने सम्पूर्ण दाताहरुलाई हृदयदेखि धन्यवाद ज्ञापन गरेको छ।समितिले विभिन्न समयमा नुवाकोटमा विभिन्न सहयोग गर्दै आईरहेको छ।
दाताहरुको नाम र सहयोग रकम बिवरण संस्थाको बैंक खातामा जम्मा भए अनुसार क्रमस: यस प्रकार छ।
1 Rajesh Aryal $500
2 Rameshwar Panday $200
3 Dipendra Dahal $50
4 Krishna Lohani $50
5 Utsab Rimal $51
6 Bhuwan Man Dangol $51
7 Bhojendra GC $51
8 Deepak Pandit $101
9 Prakash Sharma $51
10 Shailesh Acharya $51
11 Rambabu Pandey $200
12 Rajendra Uprety $51
13 Megha Raj Pandey $50
14 Uttam Lamichhane $500
15 Rabish Lama $200
16 Hari Lamichhane $51
17 Nabaraj Nyaupane $50
18 Sagar Adhikari $50
19 Ramkrishna Bhatta $200
20 Ram Mishra $51
21 Bigyan Khanal $50
22 Indra Sitaula $50
23 Jyoti Pandey $100
24 Gopal Raj Kandel $100
25 Kopila Adhikari $51
26 Bashu Dev Khanal $101
27 Yaki Tamang $111
28 Surya Moktan $100
Total $3222.00
नपुग थप रकम संस्थाको बचत कोष
बाट परिपूर्ति गरिने छ।