• असोज २५, २०८३ आइतबार
    11 Oct, 2026, Sunday

    श्रीमानको मृत्युको खबर सुन्नासाथ श्रीमतीको पनि हृदयघातबाट मृत्यु


    २०७८ कार्तिक ७, आइतबार

    २०७८ कार्तिक ७, आइतबार

    धनकुटा ।
    सागुरीगढी गाउँपालिका वडा नं १० आहालेमा नेपाली कांग्रेसका सभापति निर्वाचित वडा सभापति झगेन्द्र राईको मृत्युको खबर सुन्नासाथ श्रीमतीको पनि मृत्यु भएको छ।खोलाले बगाएर मरेका श्रीमानको खबर थाहा पाउने बित्तिकै श्रीमतीको मृत्यु भएको हो।

    श्रीमानको निधनको पीडा सहन नसकी उनकी धर्मपत्नी अनु राईको समेत ह्रदयघात भई निधन भएकोले श्रीमान श्रीमतीको एकै साथ अन्त्यष्टी गरिएको नेपाती कांग्रेस धनकुटाले जनाएको छ।

    बिहीबार दिउँसो धरानको हरियाली सामुदायिक वन क्षेत्रमा श्रीमान–श्रीमती दुवैको एकैसाथ अन्त्येष्टि गरिएको छ । नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राईलगायत नेताले पार्टीको झन्डा ओढाएर उनीहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । स्व.राई नेपाली कांग्रेसको १४आंै महाधिवेशनअन्तर्गत गत महिना सम्पन्न वडा अधिवेशनबाट साँगुरीगढी–१० को वडा सभापतिमा निर्वाचित भएका थिए । स्व.राई दम्पतीका एक छोरा र एक छोरी छन् ।

    मिल्दो जुल्दो खबर