• कार्तिक ९, २०८३ सोमबार
    26 Oct, 2026, Monday

    नुवाकोटको विदुरमा यात्रुबस दुर्घटना डेढ दर्जन घाइते


    २०७९ मंसिर २४, शनिबार

    २०७९ मंसिर २४, शनिबार

    नुवाकोट/
    जिल्लाको विदुर नगरपालिका वडा नम्बर १० भैसेमा दुई ओटा वस एक आपसमा ठोक्किँदा डेढ दर्जन घाइते भएका छन्।

    रसुवाको धुन्चेबाट काठमाडौं हिँडेको बा ४ ख ८८२ नम्बरको वस र नुवाकोटबाट रसुवातर्फ गइरहेको नमस्ते पासाङ ल्हामु यातायातको प्रदेश ३–०१००५ख ९३५४ नम्बरको डिलक्स वस एक आपसमा ठोक्र्किँएका हुन् ।

    दुर्घटना १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । घाइतेमध्ये १६ जनाको नुवाकोटको विभिन्न स्थानिय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ भने २ जना गम्भीर घाइतेलाई थप उपचारको लागि काठमाण्डौ रिफर गरिएको छ ।

    सम्बन्धित