• कार्तिक ९, २०८३ सोमबार
    26 Oct, 2026, Monday

    चौथो “नगिनीकप फुटबल” प्रतियोगिता यहि माघ २२ गतेदेखी पोखरी डाँडामा शुरु हुने


    २०७८ माघ ७, शुक्रबार

    २०७८ माघ ७, शुक्रबार

    सामरी/
    स्वास्थ्यको लागि खेलकुद , राष्ट्रको लागि खेलकुद ‘ भन्ने मुल नारा सहित चौथो नागिनीकप अन्तर जिल्ला स्तरीय खुल्ला नकाउट 7A साईट फुटबल प्रतियोगिता यहि माघ २२ गतेदेखी शुरु हुने भएको छ। म्यागङ ५ पोखरी डाँडामा उक्त प्रतियोगिता हुन लागेको हो।

    प्रथम पुरस्कार ८१,१००/- ट्रफि मेडल प्रमाणपत्र तथा द्वितीय पुरस्कार ४१,१००/- ट्रफि मेडल प्रमाणपत्रका साथै अनुसासित टिम पुरस्कार, ट्रफि र प्रमाणपत्र रहेको खेलमा टिम दर्ता शुल्क ८६००/- तोकिएको छ।

    १८ गतेदेखि २१ गतेसम्म टिम दर्ता गर्न सकिने र २२ गतेबाट खेल शुरु हुनेछ।उद्घाटन समारोहमा प्रमुख अतिथीको रुपमा वडा अध्यक्ष रामबहादुर तामाङको उपस्थिति रहने खेल संयोजक चन्द्रबहादुर तामाङले नुवाकोट जागरणलाई बताएका छन् ।

     

    सम्बन्धित