• कार्तिक १०, २०८३ मंगलबार
    27 Oct, 2026, Tuesday

    नुवाकोटमा थप ७४ जनामा संक्रमण पुष्टि: सक्रिय संक्रमितको संख्या १ सय ७७ पुग्यो


    २०७८ माघ ५, बुधबार

    २०७८ माघ ५, बुधबार

    नुवाकोट /
    जिल्लामा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य कार्यालय नुवाकोटद्धारा जारी विज्ञप्ति अनुसार बुधवार ३४ जना पुरुष र ४०  महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    जसमा विदुर नगरपालिकामा २८ जना रहेका छन् ।त्यस्तै बेलकोटगढी नगरपालिमा ७ जना लिखु गाउँपालिकामा २७ जना, दुप्चेश्वरमा ३, तादीमा १ जना, तारकेश्वरमा २ जना र सूर्यगढी गाँउपालिकामा ५ जनामा कोरोना भाइसरको संक्रमण देखिएको छ ।

    यो संख्या संगै नुवाकोटमा संक्रिय संक्रमितको संख्या १७७ पुगको छ ।

     

     

    सम्बन्धित