• कार्तिक १०, २०८३ मंगलबार
    27 Oct, 2026, Tuesday

    आज थप ६ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि


    २०७८ माघ ३, सोमबार

    २०७८ माघ ३, सोमबार

    काठमाडौ /
    नेपालमा आज थप ६ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४६५ परीक्षण गर्दा ६ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    यस्तै उक्त अवधिमा ५४७ जना निको भई घर फर्किएका छन् भने तीन जनाको मृत्यु भएको छ। योसँगै सक्रिय संक्रमितको संख्या ३० हजार ८७७ पुगेको छ।

    पछिल्लो अवधिमा संक्रमण पुष्टि भएकामध्ये ५ हजार ७४७ पीसीआर परीक्षण र ९८७ जना एन्टिजन परीक्षणबाट हो।

    कुल १७ हजार ४६५ परीक्षणमध्ये १४ हजार १४ जनाको पीसीआर र ३ हजार ४५१ जनाको एन्टिजेन विधिबाट गरिएको थियो।

    सम्बन्धित