
सामरी, नुवाकोट /
ज्योती विकास बैक लि. द्धारा बैकको सामरी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत १ थान न्यानो नानी मेसिन (baby warmer) वितरण गरेको छ।
असोज ७ गते सोमबार ज्योती विकास बैक लि. द्धारा बैकको सामरी शाखाले नेत्रावत्री डबजोङ गाउँपालिकाको वडा नं. ४, भोक्टेनी, धादिङमा रहेको नेत्रावती डबजोङ अस्पताललाई हस्तान्तरण गरेको हो।
बैकको नुवाकोट कल्सटर प्रमुख निशिल ढकाल, सामरी शाखा प्रमुख सुजन बज्राचार्य, ब्रान्डिङ्, मार्केटिङ एण्ड डिपोजिट सेल्स डिपार्टमेन्टका कपिलदेव पंगेनी साथै राष्टिय आविष्कार केन्द्धबाट प्रविधिक टोलिहरुको उपस्थितीमा नेत्रावत्रि डवजोङ गा.पा. प्रमुख साथै त्यसैै अस्पतालका अध्यक्ष मेघनाथ रिजाल र सबन्धित निकायका प्रतिनिधिहरुलाई हस्तान्तरण गरिएको हो ।
उक्त उपकरणबाट त्यहाँका नवशिशु तथा प्रशुती सेवामा ठुलो टेवा पुग्ने विश्वास ज्योती विकास बैंकले लिएको छ।