• कार्तिक १०, २०८३ मंगलबार
    27 Oct, 2026, Tuesday

    वृद्वभत्ता बुझ्न रास्ट्रीय परिचयपत्र अनिवार्य छैन


    २०८१ असार २८, बिहिबार

    २०८१ असार २८, बिहिबार

    नुवाकोट /
    सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने भएको छ।

    सरकारले वृद्धभत्तासहित सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नचाहिने निर्णय गरेको हो।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय परिचयपत्र अनिवार्य हुनुपर्ने व्यवस्था लागू नगर्न गृह मन्त्रालयलाई सहजीकरण गर्न निर्देशन दिने निर्णय गरेको छ।

    परिचयपत्र बनाउन असहजता भएकाले त्यसलाई लागू नगर्न निर्देशन दिइएको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन्।

    ‘देशका विभिन्न स्थानमा भएको वर्षा, बाढी र पहिरोका कारण रााष्ट्रिय परिचय पत्र बनाउन असहज हुने परिस्थितिमा तत्कालका लागि राष्ट्रिय परिचय पत्र लागू नगर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ’, मन्त्री शर्माले बताइन्।

    सम्बन्धित