दक्षिण कोरियाको भ्रमणमा रहेका युवा तथा खेलकुदमन्त्री वीराजभक्त श्रेष्ठ आजै राती नेपाल फर्किने भएका छन् ।उनी मंगलबार राती नेपाल फर्किने रास्वपा स्रोतले जनाएको छ।

शुक्रबार कोरियाका संस्कृति, पर्यटन तथा खेलकुदमन्त्रीको निमन्त्रणामा एक हप्ताका लागि दक्षिण कोरिया भ्रमणमा गएका थिए। नेकपा माओवादीको नेतृत्वमा उनको पार्टी राष्ट्रिय स्वतन्त्रता पार्टी सरकारमा सहभागी थियो। मंगलबार बिहान बसेको पार्टीको बैठकले नयाँ सरकारमा सहभागी नहुने तर तत्काल राजीनामा नदिने निर्णय लिएको छ।

रास्वपाले नयाँ सरकार गठन प्रक्रिया सुरु हुनासाथ मन्त्रीबाट फिर्ता हुने निर्णय गरेको हुँदा तत्कालै सरकार छाड्ने परिस्थिति आउनसक्ने हुँदा उनलाई नेपाल बोलाईएको स्रोतले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय