• कार्तिक १०, २०८३ मंगलबार
    27 Oct, 2026, Tuesday

    वैदेशिक रोजगारीको प्रलोभनमा ३ सय जनासंग १५ करोड ठगी


    २०८१ जेठ २९, मंगलबार

    २०८१ जेठ २९, मंगलबार

    काठमाडौ /
    वैदेशिक रोजगारीको प्रलोभन देखाएर ३०० जनाभन्दा बढीलाई ठगी गर्ने कार्यमा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको हो ।

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी गर्ने कार्यमा संलग्न तीन जनालाई मंगलबार सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा चितवनका राजकुमार भट्ट, कास्कीका पवन पन्त र नविन बिक छन्।

    पक्राउ परेकाहरुले विगत ३/४ वर्षयता ३०० जनाभन्दा बढी मानिसबाट ५ देखि १० लाखका दरले १५ करोड भन्दा बढी ठगी गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो।

    फेसबुक म्यासेन्जर, ह्वाट्सएपलगायतका सामाजिक सञ्जालमा नक्कली खाता खोजेर उनीहरुले वैदेशिक रोजगारीका लागि कम्बोडिया, न्युजिल्याण्ड, फ्रान्स लगायतका देशमा लैजाने भनेर विज्ञापन गर्दै ठगी गर्ने गरेको पाइएको छ ।

    उनीहरुले विभिन्न व्यक्तिहरूको खातामा रकम जम्मा गराइ फेरि उक्त जम्मा हुन आएका रकमहरू चेकमार्फत निकाल्न लगाएर भने बमोजिमका मानिसहरुलाई दिन लगाएर ठगी गर्ने गरेको खुलेको पनि प्रहरीको भनाइ छ।

    यस सम्बन्धमा नवीन चौधरीसहित १५ जनाले उजुरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। उनीहरुले नेपालमा काम दिने बहानामा केही एकाउन्टेन्ट राखेर उनीहरूलाई समेत ठगीमा प्रयोग गरेको खुलेको छ।

    सम्बन्धित