नुवाकोट ।
जिल्लाको बिदुर नगरपालिका वडा नं १३ को कल्याणपुर स्वास्थ्य चौकी केन्द्र डेउडीमा यहि भदौ २९ गते शुक्रबारको दिन १ दिन सन्चाल रहने शिविरमा मोतिबिन्दु तथा आँखा सम्बन्धि रोगहरुको निशुल्क:जाँच तथा उपचार गरिने छ।

आँखा प्रतिष्ठान गौशाला काठमाडौं, जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोट र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नुवाकोट शाखा नुवाकोटको संयुक्त आयोजनामा स्थानीय निकायको संयोजकत्वमा हुन गैरहेको कल्याणपुर स्वास्थ्य चौकी शाखाका प्रमुख इन्चार्ज सुवोध शाहले एक सूचना मार्फत जानकारी गराएको हो।

शिविर संचालन बिहान १० बजेदेखि ४ बजेसम्म चल्ने र करिब ३०० जना आँखा रोगीहरुले निशुल्क: परामर्श गराउनुका साथै लाभान्वित हुने आयोजकको आँकलन रहेको बताउँदै विदुर न.पा. १३ का वडा अध्यक्ष भरत ब तामाङले यस मौकाको फाइदा उठाउन सम्पूर्ण आँखा रोगीहरु समयमा नै स्वास्थ्य चौकीको भवनमा उपस्थित भई निशुल्क सेवा लिन अनुरोध गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय